विखण्डन गतिविधि नगर्न सिके राउतलाई प्रदेश सरकारको चेतावनी


 


जनकपुर । प्रदेश नम्बर दुई सरकारले स्वतन्त्र मधेस गठबन्धनलाई विखण्डन गतिविधि नगर्न चेतावनी दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले विखण्डनकारी गतिविधि दोहोरिए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले नेपाल सरकारसंग भएको ११ बुँदे सहमति पूर्ण पालना गर्न गठबन्धनका नेता सीके राउतलाई सुझाव दिनुभएको छ । सहमतिपछि जनकपुर पुगेका राउतलाई स्वागत गर्ने क्रममा उनका समर्थकले विखण्डनको नारा लगाएका थिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्