प्रचण्डले भने : जमिनमा रगत र पसिना बगाउने किसानलाई मालिक बनाउछौँ


 


पोखरा । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जमिनमा रगत र पसिना बगाउने किसानलाई नै जमिनको मालिक बनाइने प्रष्ट पार्नु भएको छ ।

पोखरामा आजदेखि सुरु भएको राष्ट्रिय भूमि सुधार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भूमि अधिकार स्थापनाको लडाईमा आफ्नो पूर्ण साथ रहेको प्रतिबद्धता पनि दोहोर्याउनु भयो । उहाँले जमिनमा पसिना बगाउनेलाई नै जमिनको लालपूर्जा दिनु पर्छ भन्ने विषयमा आफ्नो जोडदार समर्थन रहने पनि प्रष्ट पार्नु भयो ।

सम्मेलनलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री पद्यमा अर्याल र पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता रामशरण महतले पनि सम्बोधन गर्नुभएको थियो उपस्थिति रहेको थियो । सम्मेलनमा देशका विभिन्न स्थानका सयौं भूमिविहीनहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्