कोरिया जाने परीक्षामा कहिलेसम्म फारम भरिसक्नुपर्छ ?


 


काठमाडौं, फागुन २८

सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ ।

परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ । सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारी स्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।

यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ, जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्