सरकारविरुद्ध १० विद्यार्थी संगठन विरोधमा उत्रिदै


 


काठमाडौं । सरकारसँग विभिन्न ६ बुँदे माग राख्दै संयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ । मागलाई बेवास्ता गरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने संगठनको तयारी रहेको छ ।

सोमबार अनेरास्ववियु पाँचौंको केन्द्रीय कार्यालय रातोपुलमा बसेको बैठकले तत्काल स्ववियुको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसामु माग गरेको छ । बैठकले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिविको नियमविपरीत प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत हुन लागेको स्ववियु निर्वाचनलाई तत्काल स्थगित गर्न पनि माग गरेको छ ।

बैठकले सरकार र सिके राउत नेतृत्वको संगठनका विरुद्ध संघर्ष गर्न आम जनसमुदायलाई अपिल पनि गरेको छ । दस विद्यार्थी संगठनका प्रमुखहरुको हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा वाइडबडी भ्रष्टाचार, एनसेलको कर छली, सुन कान्ड र बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि संघर्ष गर्न होमिन सबैलाई तयार रहन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्