भारतीय सांसद भन्छिन्, ‘चौकीदार होइन प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’



काठमाडौँ  आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेकी छिन् :

प्रिय भारतवासी,कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।

उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्