मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ : प्रचण्ड भिडियो सहित


 


विराटनगर फागुन २८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका हुन् ।

उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत भएको जानकारी दिए । दाहालका अनुसार मंगलबार विहान मात्र उनको प्रधानमन्त्रीसँग कुराकानी भएको थियो । ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन’ उनले भने ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्