भूकम्पले क्षति पुगेका विद्यालयलाई सहयाेग गर्दे अजम्बर


 


helpभाेजपुर, पुस ३०

सङ्घिय समाजबादी फोरम नेपालका नेता अजम्बर राई काङमाङले भोजपुरको उत्तरी गाविस दोभाने–४ सालेवास्थित सालेवा उच्च माविलाई  ‘लौन केही गरौँ अभियान’ काे तर्फबाट  ३३ हजार तीन सय ३४ रूपैयाँ प्रदान गरेका छन् । नेता काङमाङले विदयालयका प्रधानाध्यापक रामकुमार कुलुङ राईलाई सहयाेग रकम प्रदान गरेका हुन् ।

भुकम्पले क्षती भएको विद्यालययको पुन निर्माणको लागि लौन केही गरौ अभियान मार्फत काङमाङले सहयोग उपलव्ध गराएका हुन् ।भूकम्प पीडित यस उमावि. काे पुनर्निर्माणमा सानै भए पनि सहयाेग पुगाेस् भन्ने ध्येयले याे रकम हस्तान्तरण गरिएकाे काङमाङले देशकाेन्युजलाई बताए ।

help 2सालेवा उमावि.लाई याे सहयाेग ‘लौन केही गरौँ अभियान’ काे काेषमा भाेजपुरकाे याकु-४ मैदाने घर भई हाल हङकङमा कार्यरत किरण सुच्चा लुहुन राईकाे पहलकदमीमा हङकङमै क्रियाशील विकास देवान, रिस्ता गुरुङकाे अगुवाइमा ४३ जनाद्वारा सङ्कलित एक लाख, २० हजार चार सय ४५  रूपैयाँबाट प्रदान गरिएकाे हाे ।  याे रकमबाट दाेलखाकाे काटाकुटी-७ द्वारेस्थित वीरेन्द्र माविलाई पनि चाँडै प्रदान गरिने काङमाङले जानकारी दिए ।

त्यस्तै किरण सुच्चा लुहुन राईकाे पहलकदमीमा हङकङमै क्रियाशील विकास देवान, रिस्ता गुरुङकाे अगुवाइमा ४३ जनाद्वारा सङ्कलित ५५ हजार पाँच सय ५५ रूपैया पनि चाँडै ताप्लेजुङकाे पहिराे पीडितलाई बितरण गरिने  भएकाे छ । त्यस्तै खाटाम्मास्थित जाल्पादेवी लाई पनि ‘लौन केही गरौँ अभियान’ काे तर्फबाट पूर्व प्रधानाध्यापक भरत कुलुङ राईलाई ३३ हजार तीन सय ३३ रूपैयाँ प्रदान गरिएकाे छ ।

काङमाङले केहि दिन अगाडी दोभाने–७ तेन्दोस्थित इन्द्रवती माविलाई विद्यालयको बार्षिक उत्सवको अवसरमा यही अभियानकाे तर्फबाट नगद रु ३३ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका थिए । याे अभियान भूकम्प गएपछि काङमाङ सञ्चालन गर्दे अाएका छन् । भूकम्पले क्षति पुर्याएकाे संरचना निर्माणका लागि याे रकमले सहयाेग पुग्ने विद्यालयले जनाएका छन् ।

प्रकाशित मिति: ३० पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्