सांसद शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना


 


काठमाडौं फागुन २८
संघीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना भएकी छिन् । बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ ।

चौधरी मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उदघाटन कार्यक्रममा उपस्थित भएकी थिएन् । कार्यक्रमलाई सम्बोधन गरेको केही समयपछि उनी बेहोस भएकी थिइन् ।

अहिले चौधरीको सो अस्पतालको इमरजेन्सीमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्