सिके राउतलाइ लाइनमा ल्याकाे हाे यसले मुलुकलाइ नाेक्सान गर्दैन – प्रचण्ड


 


बिराटनगर फागुन २८
नेकपाका अध्यक्ष पुस्प कमल दहालले सिके राउत र सरकार बिच भएकाे सहमतिले मुलुकलाइ कुनै अफ्ठेराे नपर्ने बताएका छन । माेरङकाे बिराटनगर बिमानस्थलमा मंगलबार कुराकानी गर्दै यस्ताे बताएका हुन ।

बाहिरी समाचारमा अाएजस्ताे मुलुक नै टुक्रिने गरी त्यस्ताे कुनै सम्झाैता नभएकाे अाैल्याउदै सिके राउत संगकाे सहमतिले मुलुकलाइ कुनै नाेक्सान नहुने प्रस्ट पारे ।

अध्यक्ष दहालले मुलुक बिखण्डन गर्ने नारा लगाएर हिडेका राउतलाइ सरकार सहमतिकाे बाटाेबाट लाइनमा ल्याएकाे पनि बताए । उनले अबकाे ५ बर्ष सम्म यहि सरकार अडिग रहने बताउदै मुलुकमा नीति बनाउने कामले ब्यस्त रहदा भने जस्ताे बिकास नभएकाे बताए ।

अध्यक्ष दहालले कानुन र अधिकार जति केन्द्रमै सिमित बनाएकाे भन्ने कुरा भ्रम रहेकाे र संबिधान अनुसार नै कानुन बाडफाड भैरहेकाे पनि बताए ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्