बालिकालाई जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ



उर्लाबारी । १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेका एक युवकलाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ ।

२५ को जेम्स क्षेत्री, रेगन, रेवत भनेर चिनिने चन्द्रमणी आचार्यलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनले लेटाङ नगरपालिका वडा नं. १ बस्ने १३ वर्षिया एक बालिकालाई फोन गरेर तिम्रो लागि गिफ्ट ल्याई दिएको छु कानेपोखरी आउनु भनि प्रलोभनमा पारेर आफ्नै घरमा ल्याएर फागुन २५ गते पटक–पटक जबरजस्ती करणी गरेका थिए । पक्राउ गरेका आचार्यलाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्