ओली सरकारले ज्यादती गरेको भन्दै बिप्लवद्धारा भोली (बिहिवार) नेपाल बन्दको आह्वान
काठमाडौ, फागुन २९
केपी शर्मा ओली नेतृत्वको सरकारले ज्यादती र दमन गरेको आरोप लगाउँदै चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ ।
जनताका मुद्दासहित भिभिन्न राजनीतिक एजेण्डा बोकेर शान्तिपूर्ण राजनीतिमा होमिएको नेकपामाथि केपी ओली सरकारले धरपकड, दमन र गिरफ्तारी बढाउन थालेको भन्दै नेकपा आक्रोशित बनेको छ ।
पार्टी महासचिव विप्लवले आफ्ना नेताकार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा जनता नै त्रसित हुनेगरी गरिएको अप्रेशन र प्रहरी दमनबिरुद्ध नेपाल बन्दको घोषणा गरेको जनाएका छन् ।
शुक्रबार कपिलवस्तुमा आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरी घाइते बनाएपछि विज्ञप्ति जारी गरेर विप्लवले कडा शब्दमा बिरोध गरेका छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार












