हेटौंडामा सेनाको डिस्पोजल टोलीद्वारा बम डिस्पोज



हेटौंडा । पुर्ब पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको पशुपतिनगरमा सेतो प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको छ । सो वस्तु राखिएको जानकारी पाएलगत्तै बम हुन सक्ने आशंकामा सेनाको डिस्पोजल टोली यहाँ आएको थियो ।

सो बस्तु बम भएको पत्ता लागेपछि उक्त टोलीले बम डिस्पोज गरेको छ । हेटौंडाको पशुपतिनगरमा राखिएको बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्