क्रान्तिकारी पत्रकार संघमा राजन


 


nभाेजपुर, माघ २५

क्रान्तिकारी पत्रकार संघ भोजपुरको अध्यक्षमा राजन  समीप चयन भएका छन् । संघको पहिलो जिल्ला अधिबेशनबाट समीप सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष टि.एल विश्वाकर्मा, सचिव मकर तामाङ, सह सचिव जमुना राई, कोषाध्यक्ष मनिता खिम्दुङ, लगायत ११ सदस्यिय जिल्ला समिती गठन भएको छ ।

प्रदेश नं १ का सचिवलय सदस्य अवतार राईका प्रमुख आतिथ्य तथा एकिकृत नेकपा माआबादी भोजपुरका जिल्ला पार्टी अध्यक्ष सुदन किराती को विशेष आतिथ्यमा सम्पन्न अधिवेशन मा जिल्लाका क्रियशिल पत्रकारहरुका संघ संगठन, एकिकृत माओबादीका भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अधिवेशनको अवसरमा प्रेस चौतारी नेपाल संखुवासभा शाखाका कोषाध्यक्ष मकर तामाङ क्रान्तिकारी पत्रकार संघमा प्रवेश गरेका छन ।

प्रकाशित मिति: २५ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्