जनकपुर बम काण्ड: पूर्वमन्त्रीसहित ७ जनालाई जन्मकैद



जनकपुरधाम, १४ चैत
२०६९ साल वैशाख १८ गते जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा ५ जनाको ज्यान गएको थियो ।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साह टक्ला, मुकेश चौधरी, रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । यसैगरी ओमप्रकाश यादवलाई भने दश वर्ष कैदको फैसला सुनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्