चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित


 


काठमाडौं । सरकारले प्रदेश २ को चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित गरेको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले परीक्षा स्थगित भएको जानकारी दिएका हुन् ।

प्रदेश २ मा बिहीबार विज्ञान र आज सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ भएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि भइसकेको परीक्षा भने रद्द नहुने बताइएको छ । अन्य प्रदेशमा भने परीक्षा हुनेछ । रद्द गरिएको बाँकी विषयको परीक्षा तालिका पछि प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्