कलकत्ताविरुद्ध सन्दीपको सानदार प्रदर्शन, दिल्लीलाई दिलाए पहिलो सफलता


 


नयाँ दिल्ली। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका सन्दीप लामिछानेले कलकत्ता नाइट राइडर्सविरुद्ध एक विकेट लिएका छन् ।

उनले निखिल नाइकलाई आउट पारेका हुन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिएका हुन् ।

दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आर्यपीएलको यो सिजनको पहिलो खेल कलकत्ताविरुद्ध मैदानमा उत्रिएका हुन् । दिल्लीले टस जितेर कलकत्ताविरुद्ध फिल्डिङ रोजेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्