बारा – पर्सा हावाहुरी : राष्ट्रिय शोक घोषणा गर्न माग, २४ मृतकको सनाखत



काठमाडौँ । गएराति भीषण हावाहुरीका कारण बारा तथा पर्सा जिल्लामा ठूलो धनजनको क्षति पुर्याएकोप्रति प्रदेश सरकार र केन्द्र सरकार गम्भीर देखिएका छन् ।

पूर्वी तराई भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्र बारा जानुभएको छ । उहाँसँग प्रदेश  २ का मुख्यमन्त्री लालबाबु राउतले टेलिफोन वार्ता गर्दै राष्ट्रिय संकट घोषणा गर्न माग गर्नुभएको छ ।

यसैबीच सो हावाहुरीमा परी ३५ जनाको मृत्यु भएको प्रदेश – २ सरकारले जनाए पनि गृहमन्त्रालयले भने २७ जनाको नाम दिएको छ । त्यसमा २४ जनाको शनाखत भएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्