तराईका हावाहुरी प्रभावितलाई एक दिनको तलब दिने योगेश भट्टराईको प्रस्ताव


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने नेम्वाङले बताएका छन् ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्