बारा र पर्सा भीषण हावाहुरीबारे विप्लव समूहले के भन्यो ?


 


काठमाडौं । आइतबार राती बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ ।

उक्त समुहका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

उक्त समूहले यो घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको माग गरिएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्