प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा


 


बारा । प्रधानमन्त्री केपी शर्मा ओली हावा हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । झापाबाट सेनाको स्काई ट्रकमा सिमारा पुगेका प्रधानमन्त्री ओली सेनाको एमआई(१७ हेलिकप्टरमा घटनास्थतर्फ गएको सेनाले जनाएको छ।

यसैबीच नेपाली सेनाले चार जना वरिष्ठ सर्जनहरूलाई बारा पर्सा पठाएको छ। आइतबार साँझ आएको हावाहुरीले २७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

उनले उपचारमा कुनै कसर नछोड्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्