राहत सामाग्री लिएर बारा पुगे धुर्मुस सुन्तली


 


बारा । आईतबार रातीको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । यस्तैमा समाजसेवामा अग्रसर हाँस्य कलाकार जोडी सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” हाल बारा पुगेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेका उनिहरुले त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लागेका छन् ।उनीहरुले हावाहुरीको घटनाले आफुहरु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्