हावाहुन्डरीबाट घाइतेहरुलाई भेट्न प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु कलैया अस्पतालमा


 


बारा, चैत १८

प्रधानमन्त्री  केपी शर्मा ओली हावाहुन्डरीबाट घाइतेहरुको अवस्था बुझ्न बाराको कैलया अस्पताल पुगेका छन् । हावाहुन्डरीबाट प्रभावित क्षेत्रको निरिक्षणपछि प्रधानमन्त्री ओली अस्पतालमा घाइतेहरु भेट्न पुगेका हुन् ।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आइपुगेका हुन् । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

 

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्