नेकपाका विद्यार्थी डाक्टरसहित आँधी प्रभावित क्षेत्रमा


 


बारा । सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा र पर्सा जिल्लामा परिचालित भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको छ ।

विज्ञप्तिमा, ‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं।प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो ।’ भनिएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्