हावाहुरीबाट घाईते भएकाको उपचारका लागि उर्लाबारीमा रक्तदान


 


उर्लाबारी, चैत १८

बारा र पर्सा जिल्लामा गएराती हावाहुरीका कारण घाईते भएकाहरुको उपचारमा रगतको अभाव भएपछि आज दिउँसो उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ ।

घाईतेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले युवा रेडक्रस सर्कल उर्लाबारीले मुख्य चौकमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३१ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजित जैसवालले जानकारी दिनुभयो ।

प्रभावित जिल्लामा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी उर्लाबारी र यु युथ अफ उर्लाबारीको सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष जैसवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्