हावाहुरी पीडितलाई काँग्रेस प्रदेश दुईद्धारा १० लाख राहतको घोषणा


 


काठमाडौँं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिनेछ । यस विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु होला ।’

पार्टीको निर्देशनमा उपसभापति निधि आज दिउँसो हावाहुरी प्रभावित क्षेत्र गएका थिए । बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट गएराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्