धुर्मुसले यसरी बाँडे आँधी प्रभावितलाई राहात


 


बारा । आईतबार रातीको आँधीहुरीले प्रभावित बारा जिल्लामा कलाकार सिताराम कट्टेल “धुर्मुस”ले सोमबार राहत वितरण गरेका छन् ।
धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेका धुर्मुसले चामल, त्रिपाल र चाउचाउ लगायतका सामाग्री वितरण गरेका हुन् ।

हावाहुरीबाट अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको धुर्मुसले बताएका छन् ।

हावाहुरीका कारण पर्सा लगायतका जिल्लामा निकै ठुलो धनजनको क्षति भएको छ । ३० भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

 

 

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्