आईपिएलका सन्दिपको शानदार बलिङ, किङ्स ११ पन्जाबविरुद्ध पनि लिए विकेट


 


एजेन्सी । इण्डियन प्रिमिएर लिग आइपीएल क्रिकेटमा किङ्स–११ पन्जाबविरुद्ध नेपालका लेगस्पिनर सन्दीप लामिछानेले आफनो पहिलो ओभरमा विकेट लिएका छन् ।

पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बल डट फाले । तेस्रो बलमा २ तथा चौथो बलमा छक्का दिएका उनले पाँचौं बलमा विकेट लिए । ओपनर सम कुरनलाई २० रनमा पभेलियन फर्किए । आईपिएलको तेह्रौं तथा आफ्नो चौथो खेलमा दिल्ली किङ्स–११ पन्जाबविरुद्ध खेलिरहेको छ ।

तेस्रो जितको खोजीमा रहेको दिल्लीले यसअघि कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । त्यही लयलाई निरन्तरता दिने योजनामा दिल्ली छ ।

उक्त खेलमा नेपाली युवास्टार सन्दीपले शानदार बलिङ गरेका थिए । सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्