रतुवामाईमा चैत २६ देखी प्रथम मेयर कप फुटवल हुँदै (फोटो फिचरसहित)


 


विजय धिमाल

रतुवामाई, चैत १९

मोरङको रतुवामाई नगरपालिकामा यही चैत २६ गतेदेखी प्रथम मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ ।  मेयर कप फुटवल संचालक समितिले आज रतुवामाई नगरपालिका – ७ मा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका विषयमा जानकारी दिएको हो । प्रतियोगिता रतुवामाई नगरपालिकाको प्रयोजनामा हुनेछ ।

प्रतियोगिता संचालक समितिका संयोजक केशव राईका अनुसार बैशाख ७ गतेसम्म संचालन हुने प्रतियोगिता नगरका १० वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल १६ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैया, उपविजेताले ५० हजार र तृतिय हुनेले ३० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीले १० हजार रुपैया, प्रत्येक दिनको म्यान अफ द म्याचले २ हजार रुपैया तथा उपाधि जित्न नसकेका सबै टिमको प्रोत्साहनका लागि जनही ५ हजार रुपैया प्रदान गरिने संयोजक राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने सबै वडाका टिमलाई फुटवल, जर्सी, मोचा, प्याड लगायतका खेलकुद सामाग्री आयोजक आफैँले उपलब्ध गराएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा प्रत्येक वडा टिमका कप्तान एवम् प्रतिनिधिलाई जर्सी प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख रविन राई र उपप्रमुख दमयन्तादेवी चुँडालले शूभकामना दिँदै अनुशासित ढंगले प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । पत्रकार सम्मेलनको संचालन सुजित जैसवालले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा वडाध्यक्षहरु, वडा सदस्य एवम् खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्