मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा
काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट पाँच–पाँच लाख दिने घोषणा गरेका छन्।
मंगलबार दिउँसो बाराको फेटा गाँपालिका ६ पुरैनियाको निरीक्षण तथा राहत वितरणपछि उक्त घोषणा गरेका हुन्। उनले हावाहरीबाट भत्किएका घरहरू संघीय सरकारले निर्माण गर्ने पनि बताए।
उनले यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए। अध्यक्ष दाहालले मंगलबार दिउँसो हावाहरू प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतहरू वितरण गरेका थिए।
प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार










