डा. गोविन्द केसी औषधीसहित घाईतेको उपचार गर्न हावाहुरी प्रभावित क्षेत्र पुगे
काठमाडौं । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोविन्द केसी बारा र पर्सा हावाहुरी प्रभावित क्षेत्रमा औषधिसहित पुगेका छन्। डा केसी औषधिसहित सोमबार नै बारा पुगेर हावाहुरी प्रभावित ठाउँमा पुगेर घाइते बिरामीहरूको उपचार गरिरहेका बताइएको छ।
डाकेसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। पेशाले हाडजोर्नी विशेषज्ञसमेत रहेका डा केसीले केही औषधिसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार गरिरहेको उनका सहयोगीहरूले बताएका छन्।
आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा २७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार










