नेपालमा ७० प्रतिशत किशोरी बलात्कारको शिकार


 


ललितपुर । नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार हुने गरेका छन् । नजीकको छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरु बलात्कार शिकार हुने गरेको तथ्याङ्क महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको छ ।

ओरेकले आज २८ औँ वार्षिकोत्सवका अवसरमा ‘महिला सशक्तीकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको बाटो’ विषयमा आयोजना गरेको छलफल तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वती बिसुंखेले राज्यको निकायमा महिलाको प्रतिनिधित्व बढेमा महिला हिंसाको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्