आफ्नै १७ वर्षिया छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ


 


हेटौंडा । आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।

पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

बुवाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो । माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्