पूर्वराजा पाँचथरमा, समर्थकहरुले भने–‘राजा आऊ, देश बचाऊ’


 


पाँचथर, चैत २० । पूर्वराजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका–४, गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा–अर्चना गरेका छन् ।

सोमबार फिदिम आइपुगेका उनले मंगलबार दिउँसो मन्दिरमा पूजा गरेका हुन् ।

फिदिमबजारको मनस्वी होटलमा बसेका पूर्वराजा शाहलाई भेट्न सयौंको संख्यामा शुभचिन्तकहरुको भीड लागेको थियो ।

होटलदेखि आहालगैरीसम्म पैदल हिँडेर उनले सर्वसाधारणका कुरा सुनेका थिए ।

त्यसक्रममा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाएका थिए ।

सुमहात्लुङ मन्दिर लिम्बूहरुको शक्तिपीठ हो ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्