नेकपा निकट अखिलले बनाइदियो आँधीपीडितलाई अस्थायी टहरा


 


काठमाडौं । आइतबार साँझको हुन्डरीबाट बसोबास उखेलिएका बाराका पीडितका लागि सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले अस्थायी टहरा बनाइदिएका छन् । बिनासकारी भूमरीले क्षति पुर्याएको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुकी सचिव आरती लामाले बताइन् ।

आइतबारको बिनासकारी आँधीले फेटा गाउँपालिकामा मात्रै २० को ज्यान गएको थियो । आँधीपीडित ठाउँमा अहिले गाँस र बासको समस्या रहेको लामाको भनाइ छ । आँधीले भत्काएका भग्नावशेष पन्छाउन नसक्दा पीडितहरूलाई बासको अभाव रहेको उनको भनाइ छ ।

“खानेकुरा त राहत वितरण गर्न आउनेले ल्याएका छन् । तर, घर भत्किएको र त्रिपाल टाँग्ने ठाउँ नभएकाले पीडितहरू खुला आकाशमुनि नै छन्,” उनले भनिन् । अहिले अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त टोलीले अस्थायी टहरा बनाइरहेको उनले बताइन् ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्