मुस्लिम आयोगले हावाहुरी पिडितलाई १०० घर बनाइदिने


 


काठमाडौं २० चैत्र – मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ ।

बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्किएका उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको तर्फबाट घर निर्माण गर्ने जानकारी दिए ।

उक्त घटनामा परेर बाबु र आमासहित परिवारका ४ सदस्य गुमाएका फेटा नगरपालिका–६ का १४ वर्षीय साहेव अन्सारीलाई आयोगका तर्फबाट निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गर्ने पनि उनले बताए ।

आँधीहुरी प्रभावित परिवारको राहतको लागि आयोगले खाद्यन्न संकलन गरेर वितरण गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष अन्सारीले जानकारी दिए ।

उक्त घटनामा परेर हालसम्म २८ जनाको ज्यान जानका साथै ६१३ जना घाइते भएका छन् । उक्त घटनाबाट ठूलो मात्रामा आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्