नेपाली महिला फुटबल टिम म्यानमारसँग ३ – १ ले पराजित


 


काठमाण्डौँ । टोकियो ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा एक एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।

२२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको हो ।

त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् । ४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन् ।

त्यतिबेला सावित्रा भण्डारी र निरु थापाले प्रहार गरेको बल गोल नभएको हो । निरुले प्रहार गरेको बल बारमा लागएर फर्कियो भने सावित्राको प्रहार किपरले बिफल बनाइन् ।

इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै म्यानमारले फेरी अग्रता बनाएको थियो । नेपालले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई म्यानमारले गोलमा परिणत गर्न सफल भयो । त्यसपछि इन्जुरी समयमा एक गोल थपेपछि म्यानमारले नतिजा ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्