सनराइजर्स हैदरावादबिरुद्ध आज सन्दिपले खेल्ने


 


एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै मैदानमा हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हैदरावादलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिनेछ । दिल्लीले चारखेलबाट दुई खेलमा हार र दुई खेलमा जित हा पार्दै चार अंक बटुलेर लिगको अहिले पाँचौ स्थानमा छ । यता, हैदरावाद भने लिगको तेस्रो स्थानमा छ । हैदरावादले पनि दिल्लीलाई पराजित गरे शीर्ष स्थानमा उक्लिने छ ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्