अखिल सचिवमा मक्कर खड्का विजयी


 


makkarभाेजपुर, फागुन ९

एमालेकाे विद्यार्थी भातृ संगठन अनेरास्ववियुकाे २२ राष्ट्रिय महाधिवेशनबाट भाेजपुरका मक्करबहादुर खड्का सचिव पदमा विजयी भएका छन् । अाइतबार राति अबेर सकिएकाे मतगणना अनुसार खड्काले ६८४ मत ल्याउँदै सचिव पदका लागि विजय हासिल गरेका हुन् । खड्का यस अघि सचिवालय सदस्य थिए ।

खड्का सस्थापन पक्षकी नविना लामा समूहका हुन् । उनि खुल्ला तर्फबाट सचिव पदमा उठेका थिए । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ का ३२ बर्षिय खड्का सानै उमेरदेखी अखिलमा अाबद् भएका विद्यार्थी नेता हुन् । खड्कासँगै सचिव पदमा आरसि लामिछाने, समिक बडाल,अमृत बुढा, सुदेश पराजुली, अारती लामा र अाेसिम अालम पनि निर्वाचित भएका छन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्