सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स आइपीएलको दोस्रो स्थानमा



एजेन्सी, बैशाख २

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । गएराति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । उसका लागि श्रेयस ऐयरले सर्वाधिक ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । १ सय ५६ रनको चुनौति लिएर जवाफी व्याटिङ गरेको हैदरावाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो । उसका लागि डेविड वार्नरले ५१ तथा जोनी बैस्टोले ४१ रन बनाए । हैदरावादलाई कम स्कोरमा रोक्न दिल्लीका लागि कागियो रावाडाले चार तथा क्रिस मोरीसले तीन विकेट लिए ।

जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ । नेपाली बलर सन्दीप लामिछानेलाई भने दिल्लीले पछिल्ला तीनवटा खेलमा बेन्चमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News