यू–१९ विश्वकप छनोटमा मलेसियालाई ८ विकेटले हराउँदै नेपालको दोस्रो सफलता



काठमाडौं, बैशाख २

आइसिसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको छ। ५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो।

नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो। नेपालले विजयी गराउने क्रममा नटआउट रित गौतमले ३९ र रोहित पौडेलले ६ रन हाने। पौडेलले पहिलो बलमा छक्का हानेका हुन्। त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए।

मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग भने वर्षाले डिएलको सिकार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News