एकदिवसीय क्रिकेटमा नेपालको एक स्थान सुधार


 


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि १५ औं स्थानमा रहेको नेपाल एक स्थान उक्लिँदै १४ औं स्थानमा पुगेको हो ।

नेपालभन्दा तल युनाइटेड अरब इमिरेटस् र नेदरल्याण्ड छ । गत माघमा युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेपछि नेपाल एकदिवसीय वरीयतामा समावेश भएको थियो ।

नेपाल ट्वान्टी–२० वरीयतामा पनि १४ औं स्थानमा छ । एकदिवसीय वरीयतामा इङ्ल्याण्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो तथा न्युजिल्याण्ड तेस्रो स्थानमा छ । ट्वान्टी–२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्