दिल्लीले मुम्बइसँग प्रतिस्पर्धा गर्दा आज पनि प्लेइङ ११ मा परेनन् सन्दीप


 


एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आइपीएल)  क्रिकेटमा दिल्ली क्यापिटल्समा आबद्ध नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबारको खेलमा पनि प्लेइङ – ११ मा अटाएका छैनन् ।

उनको टिम दिल्ली क्यापिटल्सले टस हारेर मुम्बइ इन्डियन्सविरुद्ध फिल्डिङ गरिरहेको छ । आइपीएलको ३४ औं तथा आफ्नो नवौं खेलमा शीर्ष दुईमा स्थान बलियो बनाउने लक्ष्यमा रहेको दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बइ दिल्लीलाई पराजित गर्दै शीर्ष २ मा स्थान बनाउने लक्ष्यमा छ भने दिल्ली चेन्नई सुपर किङससँगको अंकदूरी घटाउने रणनीतीमा छ । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्