विकास अघिअघि ,सिडिओ कुरुम्बाङ पछिपछि


 


बर्दिया । सबैका अ–आफ्नै सपना हुन्छन। राष्ट्र सेवक कर्मचारी जुन प्रमुख जिल्ला अधिकारीको पदमा आसिन छन् – बिकास, सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउँने सपना प्रथामिकतामा पर्छ। जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ उसैको सफल प्रजिअको परिचय बन्छ। उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ।

अधिकांश जिल्लाका प्रजिअ आफू कार्यरत जिल्लाको विकास,सुशासन र सुरक्षा चुस्त र दुरुस्त बनाउँने सपना नदेख्ने सायदै होलान्। तर आफूले देखेको सपनापछि कुद्ने र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल बन्छ। यतिखेर प्रमुख जिल्ला अधिकारीको पदमा बर्दियामा कार्यरत राम बहादुर कुरुम्बाङको लोकप्रियता ‘विकास ब्रान्ड’को रुपमा जिल्लामा स्थापित भएको छ।

चालु आर्थिक वर्षमा सञ्चालित प्रायः विकास निर्माणको कार्यले पूर्णता पाउँने चरणमा भएकाले स्थानीय दंग छन्। यतिखेर जिल्लामा भएका विकास निर्माण कार्यको श्रेय जिल्लाबासीले सिडिओ कुरुम्बाङलाई दिन्छन्। पछिल्लो समय ‘विकास प्रेमी’सिडिओको रुपमा कुरुम्बाङ सर्वसाधरण माझ चिनिएका छन्।

जिल्ला प्रमुखको जागिरमा रहेका उनी हरदम विकास निर्माण,सुशासन र सुरक्षा चुस्त र दुरुस्त बनाउँन कुदिरहेका छन्।जसले गर्दा एक वर्से कार्यकालमा कारबाहीमा परेर प्रतिकुल ठानिएका व्यक्ति,समुह, समुदाय,निर्माण व्यबसायी र जिल्ला स्थित दलका नेता मुक्तकण्ठले नै सिडिओ कुरुम्बाङको प्रशंसा गर्छन। एक वर्षको अवधिमा कार्यकालमा उनले थूप्रै काम गरे।त्यस मध्य गाउँ–गाउँमा घुम्ती शिबिर सञ्चालन र बजार अनुगमनवाट उपभोक्ताको मन जित्न उनी सफल भए। ‘हो,समयमा विकास निर्माण गर्न पर्छ भन्ने मेरा मान्यता होे,’ कुरुम्बाङ भन्छन्, ’अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु। यसमा दुख होइन, आत्मसन्तुष्टि मिल्छ। जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन्।’कुरुम्बाङ औपचारिक कार्यक्रममा कमै देखिन्छन्।प्रायः कार्यलयकै काममा खटिने उनी विकास निर्माण प्रगति बुझन अनुगमनको लागि निस्कने आदत बसालेका छन्।

सिडिओ उपस्थित हुन्न भनेपछि औपचारिक कार्यक्रमको निमन्त्रणा पनि आउँने छाडेको उनले खुलाए।’कामको रफ्तार दिन सके असार मसान्त अधिकांश विकास निर्माण काम सम्पन्न हुन्छ ,उनले भने,’अब पनि औपचारिक कार्यक्रममा जान थालेपछि विकासको कामले कहिले गति लिन्छ ?’

विहानको समयमा विकासको जिम्मा लिएका निर्माण व्यबसायी र आयोजनाको प्रमुखसँग समन्वय गर्ने र कार्यालय समयमा समय मिलाएर अनुगमन गर्ने उनको हिजोआज दिन चर्या बनेको छ। सातामा एक पटक प्रगतिको बारेमा सरोकारवाला निकाय समक्ष अन्तक्रिया उनले गर्ने गर्छन।

बुधवार खैरापुरस्थित सडक निर्माणस्थलमा गर्मीमा असिनपसिन हँुदै सडकको गुणस्तर हेर्न व्यस्त थिए उनी।यसैविचमा स्थानीयहरू उनलाई घेरा हालेर विकास निर्माणको बारेमा जिज्ञासु बनिरहेका थिए। उनलाई सडक निर्माणको बारेमा ठेकेदार कम्पनीका सहयोगीले सडकका बारेमा जानकारी गराईरहेका थिए।

त्यति बैलै विकास निर्माण पछि यस्को आनन्द जिल्लाबासीले उठाउँने कुरामा उनले सर्वसाधरण लाई विश्वस्त पारे। ‘म त जागिरे हो’उनले भने,’सडक निर्माणले स्थानीयको जिवन सहज बनोस भन्ने म चाहन्छु।’ पश्चिम नेपालमा अन्य जिल्लाको तुलनामा बर्दिया समयमै विकास निर्माण सम्पन्न नहुँदा पछि परिरहेको स्थानीयको बुझाई छ। सडक र बाढीकै कारण कैलाली र बाँकेको तुलनामा पछाडी परिरहेको जिल्लामा रुपमा यो जिल्ला चिनिन्छ।

विकासको पछि लाग्ने जिल्ला प्रमुखको खाँचो रहेको स्थानीय औल्याउँछन्।ुउँहाको कामले सिडिओ सावलाई ‘विकास ब्राण्डु उपनाम स्थानीयले दिएका छन्’ स्थानीय तथा तत्कालिन गुलरिया नगरपालिका कार्यकारी प्रुमख धर्मराज न्यौपानेले भने,’नहर,सडक र तटबन्धन निर्माण कार्य तिब्रता पाउँनुमा सिडिओ साबको ठूलो हात छ।’ विकास निर्माणको कामले यसैगरि तीब्रता पाएमा जिल्लाको मूहार फेरिने निश्चित भएको न्यौपानेले वताए। उसो त यसअघि विभिन्न जिल्ला कार्यरत रहदा समेत विकासबारेमा ईच्छुक देखिएको थाहा पाएका प्रजिअ कुरुम्बाङको प्रति स्थानीयको ठूलो भरोसा थियो।देशभरिनै सुस्त गतिमा निर्माण भईरहेको हुलाकी सडकको काम बर्दियाको तीन खण्डमा ७० प्रतिशत काम सम्पन्न भइसकेपछि झन सिडिओ सावको लोकप्रियता चुलिएको न्यौपानेको भनाई छ। साभार : नागरिक अनलाईनबाट

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्