मोरङमा नागरिकताका लागि आउने सेवाग्राहीसँगै भारतीय गाडीका लाम


 


रबिन्द्र बराल
रंगेली। जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्बोच्च अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिन जानेहरुको भिड लागेको छ ।

मोरङका जिल्ला प्रशासन कार्यालय मोरङ, ईलाका प्रशासन कार्यालय रंगेली र ईलाका प्रशासन कार्यालय उर्लावारी लगायतका ठाउँहरुमा नागरिकता लिन जानेहरुको भिड छ । विराटनगरमा दैनिक २ सय बढीले नागरिकता लिँदै आएका छन् ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बाटो खुला गरेपछि सिमावर्ती क्षेत्रमा बढी भिड छ । यसरी नागरिकता लिन आउनेहरु भारतीय नम्बरका गाडीमा आउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

ईलाका प्रसाशन कार्यलय रंगेलीको मुल गेटमा नागरिकता बितरणको काम शुरु भएसँगै दैनिक १० वटा बढी भारतीय नम्बर प्लेटका मोटरसाईकलहरु देखा पर्न थालेका छन । ईलाका प्रशासन कार्यालय रंगेलीबाट दैनिक ६० देखि ६५ वटा नागरिकता बितरण हुँदै आएकोमा अहिले त्यो संख्या दोब्बरले बढेको ईलाका प्रशासन कार्यालय रंगेलीले जनाएको छ ।

मोरङमा विहिवारसम्म करिब १ हजार बढीले जन्मशिद्धका छोराछोरीले बंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय विराटनगरवाट नागरिकता वितरणको काम भईरहेको बताईन् । उनले जिल्ला प्रशासन कार्यालयमा मात्र टोकनबाट नागरिकता लिनेहरु मध्ये ३ हजार ५ सय बढीले टोकन लिईसकेका जानकारी दिईन् ।

गृह मन्त्रालयको परिपत्र अनुुसार चैत १९ गतेदेखि त्यस प्रकारको नागरिकता वितरण शुुरु भएको हो । त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखी वैशाख ३ गतेसम्म नागरिकता वितरणको काम रोकिएको थियो । अदालतको निर्णय पछि वैशाख ४ गतेदेखी नागरिकता वितरणको काम फेरी शुरु भएको हो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्