वाह ओली सरकार ! गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अबको तीन सातामै परीक्षण उडान


 


भैरहवा । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो टर्मिनल भवनको ट्रस्ट राख्ने काम भइरहेको थियो । ‘हेभी इकुमेन्ट’बाट फलामका विभिन्न सामानमाथि लैजाने काम धमाधम भइरहेको थियो । यस्तै रनवेको पिचको काम पनि चलिरहेकै थियो । विमानस्थल निर्माणको काम करिब अन्तिम अवस्थामा पुग्दा कामदारदेखि कर्मचारीसम्म उत्साहित अवस्थामा देखिन्थे ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकताका साथ अघि बढाएको गौतमबुद्ध विमानस्थलको भौतिक पूर्वाधारको काम करिब ७५ प्रतिशत सकिएको छ । पूर्वाधार निर्माणको ८२–८३ प्रतिशत काम सकिएपछि विमानस्थलमा परीक्षण उडान गर्न सकिने छ ।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बीचमा कुनै प्राविधिक समस्या नआए करिब तीन सातामा विमानस्थल परीक्षण उडानका लागि तयार हुने रातोपाटीलाई जानकारी दिए । यद्यपि, परीक्षण उडान कहिले गर्ने विषय व्यवस्थापन पक्षले निर्णय लिनेछ ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्