नेविसंघमा उमेरहद हट्यो


 


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघमा उमेरहद लागू नहुने बताउनुभएको छ । संघको ४९ औं स्थापना दिवसका अवसरमा देउवाले आगामी नेतृत्वमा सबै उमेर समूहका विद्यार्थी नेताहरुलाई समेटिने बताउनुभएको छ ।

सरकारको गलत क्रियाकलाप विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै नेविसंघलाई तयार रहन देउवाले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा उपसभापति विमलेनन्द्र निधी, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, संस्थापक अध्यक्ष विपिन कोइराला, सह–महामन्त्री प्रकाशशरण महत लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्