आईपीएलमा सन्दिपको शानः यसरी चट्काए पञ्जाबको तीन विकेट


 


नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले कमाल गरेका छन् । दिल्ली क्यापिटलका तर्फबाट आइपीएल खेलिरहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबको तीन विकेट चट्काए । उनले लिएका तीन वटै विकेट टीमका लागि महत्वपूर्ण थियो ।

दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जाबबीचको खेलमा सन्दीप तीन ओभर बलिङ गर्दा तीन विकेट लिएका हुन् । व्यक्तिगत पहिलो ओभरमा सन्दीपले केएल राउललाई १२ रनमा आउट गरे ।

व्यक्तिगत तेस्रो ओभर बलिङ गर्दा सन्दीपले १२.२ ओभरमा ग्रिस गेललाई आउट गरे । गेल ३७ रनमा ६९ रन बनाएर आउट भएका हुन् । त्यसै ओभरको १२.६ मै सन्दीपले एसएम कुरानलाई पहिलो बलमै आउट गरे ।

तीन वटै विकेट टीमका लागि निकै महत्वपूर्ण थियो । यद्यपि, सन्दीपका लागि दोस्रो ओभर भने निकै महंगो सावित भयो । उनको बलिङमा क्रिस गेललाई चार चौका हानेका थिए । तीन ओभर बलिङ गर्दा सन्दीपले तीन विकेट लिएर ४० रन दिए ।

दिल्लीले किग्स इलेभेन पञ्जाबलाई १६३ रनमा रोकेको छ । ७ विकेट गुमाएर पञ्जाबले दिल्लीलाई १६४ रनको लक्ष्य दिएको हो । दिल्लीले पन्जाबलाई ५ विकेटले पराजित गरेको हो । यसअघि लगातार तीन खेलमा बेन्चमा बस्नु परेको सन्दिपलाई यस पटक दिल्ली क्यापिटलले किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा प्लेइङ ११ मा समेटेको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्