प्रेस चाैतारीमा नयाँ नेतृत्व


 


20160304_143323भाेजपुर, फागुन २१

प्रेस चाैतारी नेपाल जिल्ला शाखा भाेजपुरकाे तेस्राे जिल्ला अधिवेशनले किरण राईकाे नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । चाैतारीकाे उपाध्यक्षमा दिपक राई, सचिव युवराज बिष्ट, सह सचिव माेहन दुराल र काेषाध्यक्षमा विद्या राई चयन भएका हुन् ।

त्यस्तै कार्य समिति सदस्यहरूमा बुद्द तामाङ, उमेश तामाङ, सञ्जेल राई, केवल प्रधान, भाेजबहादुर बिष्ट, लदाेर्ची शेर्पा, छेचीलमु शेर्पा र संगीता थापा चयन भएका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधिहरूमा, एक्सन राई, ध्रुव सुवेदी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र खड्का, गणेश बिष्ट, विद्या राई र बुद्द तामाङलाई छनाेट गरेकाे छ । कार्यक्रमकाे चाैतारीका केन्द्रिय सदस्य एंव काेशी अञ्चल इन्चार्ज लिलाराज भट्टराईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पत्रकारका विभिन्न पेशागत संघ संगठनका प्रतिनिधि, एमालेका जनवर्गीय संगठनका प्रतिनिधिहरूकाे उपस्थिति थियाे भने उनिहरूले शुभकामना मन्तव्य समेत राखेका थिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्