आईपिएलमा बैंग्लोरविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ – ११ मा


 


काठमाडौं । दिल्ली क्यापिटल्समा आवद्ध नेपाली युवा स्टार सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा प्लेइङ -११ मा स्थान बनाएका छन् ।

दिल्लीले १२ औं खेल खेल्दा सन्दीप भने छैठौं खेलका लागि प्लेइङ सेटमा परेका हुन् । जारी १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल)  क्रिकेटमा सन्दीपले पाँच खेलमा ८ विकेट लिइसकेका छन् । उनी आइपीएलको इमर्जिङ प्लेयरको मनोनयमा पनि परेका छन् । उनको टोली दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्