बैंग्लोरविरुद्ध सन्दीप महंगो सावित


 


काठमाडौं । भारतमा जारी १२औं संस्करण्को आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा दिल्ली क्यापीटल्सका तर्फबाट टिममा परेका सन्दिप महंगो सावित भए । उनले ३ ओभरमा ३६ रन खर्चिन पुगे ।

टिमको तेस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवाती दुई बलमा चौका खान पुगे । उनको बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए । तर पाँचौ बलमा फेरी पटेलले नै सन्दिपको बलमा चौका प्रहार गरे । त्यसपछि अन्तिम बलमा एक रन लिन सफल भए ।

त्यसपछि टिमको ११ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले ११ रन दिए । उनको हरेक बलमा एवी डिभिलियर्स र डुबेले एक एक रन लिए । लिएर आएका सन्दिपले सुरुवाती तीन बलमा तीन रन दिए । चौथो बलमा पनि सन्दिपले एक रन दिएका सन्दिपले पाँचौ बलमा पनि एक रनमात्र दिएका थिए । तर ओभरको अन्तिम बलमा छक्का खान पुगे ।

तेस्रो ओभरमा सन्दिपले १० रन खाए । पहिलो बल डट फालेका उनले दोस्रो बलमा छक्का खाए । त्यसपछ बाँकी चार बलमा चार रन खर्चिए । यद्यपी दिल्लीले बैंग्लोर विरुद्ध १६ रनको जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । यसका साथै दिल्ली अंक तालिकामा पहिलो नम्बरमा उक्लिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्